जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ ।

बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा ११ बजेदेखि बस्ने बाइएको छ । जसपाका प्रवक्ता मनिष सुमनले देशको समसायिक राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीरण लगायतको विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए । बैठकमा राष्ट्रपति र उपराष्ट्रपति चुनावमा पार्टीका भूमिकाबारे पनि छलफल हुने जनाइएको छ ।

जसपाले उपराष्ट्रपतिमा दाबी गर्दै आइरहेको छ । सत्ता गठबन्धनमा उपराष्ट्रपति माओवादी केन्द्रको भागमा परेकाले जसपाले उपराष्ट्रपतिले पाउने नपाउने टुंगो छैन । फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपतिको चुनाव हुँदैछ ।

Logo