एमालेले १३ फागुनमा राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने

एमालेले १३ फागुनमा राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले आफ्नो तर्फबाट १३ फागुनमा राष्ट्रपति पदको उम्मेदवार सार्वजनिक गर्ने भएको छ । 

२५ फागुनमा राष्ट्रपति चयनका लागि हुने निर्वाचनको १३ फागुनमा मनोनयन दर्ताको समय तोकिएको छ । सोही दिन नै एमालेले आफ्नोतर्फबाट उम्मेदवार सार्वजनिक गर्ने अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमालेले राष्ट्रपतिको उम्मेदवार १३ फागुनमा सार्वजनिक गर्ने बताएका हुन् । 

एमालेले उठाएको राष्ट्रपति उम्मेदवारलाई भोट माओवादी केन्द्रले मत दिने विश्वास व्यक्त गरेका उनले राष्ट्रपतिको निर्वाचनले सत्ता समीकरण नबदलिने दाबी गरे । 

Skip This
Skip This
Logo