विन्दवासिनी म्युजिकका सञ्चालक रेग्मी विमानस्थलबाट पक्राउ

विन्दवासिनी म्युजिकका सञ्चालक रेग्मी विमानस्थलबाट पक्राउ

केन्द्रबिन्दु
0
Shares

विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। उनलाई थाइल्यान्डबाट नेपाल आउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । उनीविरुद्ध विद्युतीय अपराध ऐनअन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

गायक प्रमोद खरेल, महेश आचार्यसहित जना कलाकारहरुले उजुरी दिएपछि रेग्मीलाई पक्राउ गरिएको हो। उनीमाथि सामाजिक सञ्जालमामार्फत् कलाकारहरुविरुद्ध अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाउने गरेको आरोप छ। 

Logo