राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक कार्यक्रममा सहभागी हुन मंगलबार हेटौंडा जाने भएकी छन्।
राष्ट्रपति भण्डारीले मकवानपुरमा रहेको प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ। राष्ट्रपति भण्डारी १२ बजे हेलिकोप्टरमा हेटौंडा जाने र अस्पताल भवनको उद्घाटनपश्चात् पुनः काठमाडौं फर्किने जनाइएको छ।





























प्रतिक्रिया