काठमाडौं ।
आज देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्हरुले बताएका छन् । मनसुनी वायुको प्रभाव तथा मनसुनी न्यूनचापीय रेखा पूर्वी तराई नजिकै रहेकाले देशभर पानी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाकारी दिएको छ ।
महाशाखाका अनुसार आज प्रदेश १, २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा सामान्य खालको पानी पर्नेछ ।
सोमबारसम्म थोरै पानी परे पनि मंगलबार र बुधबार भने केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।





























प्रतिक्रिया