जर्बजस्तीको आरोपमा पक्राउ पुर्जी जारी भएपछि वडा अध्यक्ष फरार

जर्बजस्तीको आरोपमा पक्राउ पुर्जी जारी भएपछि वडा अध्यक्ष फरार

केन्द्रबिन्दु
0
Shares

दार्चुलमा जबरजस्ती करणीको आरोपमा पक्राउ पुर्जी जारी भएपछि एकजना वडा अध्यक्ष फरार भएका छन् ।

जर्बजस्ती करणीको आरोप लागे लगत्तै मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिह धामी फरार भएका हुन् । फरार धामीले सोही गाउँपालिकाका महिलालाई गत २० माघमा राती घरमा गएर जर्वजस्ती गरेको भन्दै गत शुक्रवार पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिइन् । सोही जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गर्न खोज्दा धामी फरार भएका  हुन् । फरार धामीको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Logo