राष्ट्रपति भण्डारी आज बागलुङ र पर्वत जाँदै

राष्ट्रपति भण्डारी आज बागलुङ र पर्वत जाँदै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारी आज बागलुङ र पर्वतको भ्रमणमा जाने भएकी छन् ।

राष्ट्रपति भण्डारी बागलुङ कालिका भगवतीको दर्शनका लागि बागलुङ जान लागेको बताइएको छ । उनले मन्दिर दर्शन गर्ने तय भएको मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । बागलुङ नगरपालिका–२ मा अवस्थित मन्दिर दर्शनका लागि राष्ट्रपति भण्डारी बिहान साढे १० बजे त्यहाँ पुग्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यलयले जनाएको छ । बागलुङपछि राष्ट्रपति भण्डारी पर्वत जानेछिन् । राष्ट्रपति भण्डारीले जलजला गाउँपालिका २ मा रहेको कुल मन्दिर उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए ।

Skip This
Skip This
Logo