नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले पार्टीका कसैलाई पनि राष्ट्रपतिको अफर नगरेकाले यो बिषयको ‘च्याप्टर क्लोज’ भएको बताएको छ ।
आन्दनगरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिका लागि कसैले प्रस्ताव नगरेकाले सो बिषयको ‘च्याप्टर क्लोज’ भएको बताएका हुन् ।
‘सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिस्थिति र नेताहरूसँग भएका भेटवार्ताबारे ब्रिफिङ गर्नुभयो, राष्ट्रपति प्रस्ताव आएको भन्नेबारे केही भन्नु भएन त्यसकारण यो हल्ला मात्रै रहेछ भन्ने बुझ्नुपर्यो,’ उनले भने, ‘राष्ट्रपति निर्वाचन सम्बन्धमा कुनै पार्टीले प्रस्ताव गरेको छैन, यो च्याप्टर क्लोज भयो। कसैले प्रस्ताव गरे धारणा बनाउने हो।’
राष्ट्रपति निर्वाचन देशका लागि महत्वपूर्ण एजेण्डा भएको उल्लेख गर्दै आफ्नो पार्टीले पनि यसमा सरोकार राख्ने बताएका नेता खनालले बैठकमा यसै विषयमा संसदमा रहेका सबै दलहरूसँग छलफल गर्ने भन्ने निर्णयसमेत भएको जानकारी दिए ।





























प्रतिक्रिया