राष्ट्रपतिको उम्मेदवार चयन गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

राष्ट्रपतिको उम्मेदवार चयन गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नका लागि नेपाली कांग्रेसले केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बिहान ११ बजेवाट सुरु हुने भनिएको सो बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने कांग्रेसका एक नेताले बताए ।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधवार भएको भेटघाटपछि उत्साहित कांग्रेसले आज बस्ने कार्यसम्पादनको बैठकवबाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्ने बुझिएको छ । तर, नाम बैठकबाट सार्वजनिक नगर्ने भएपनि बरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेर जानेमा कांग्रेसका नेता एकमत देखिएका छन् । 

Logo