च्याम्पियन्स लिग फुटबल : इन्टरको जितमा लुकाकुको निर्णायक गोल

च्याम्पियन्स लिग फुटबल : इन्टरको जितमा लुकाकुको निर्णायक गोल

केन्द्रबिन्दु
0
Shares

रोमेलु लुकाकुको निर्णायक गोलमा इन्टर मिलानले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ । बुधबार राति भएको खेलमा इटालियन क्लब इन्टरले पोर्चुगिज क्लब एफसी पोर्टोलाई १–० ले हराएको हो ।

घरेलु मैदानमा इन्टरलाई १० खेलाडीमा समेटिएिको पोर्टोविरुद्ध जित दिलाउन लुकाकुले निर्णायक गोल गरे । खेलको ७८ औं मिनेटमा पोर्टो १० खेलाडीमा समेटिएको थियो । ओटाभियो दोहोरो पहेलो कार्ड खाँदै मैदान बाहिरिए । लुकाकुले खेलको ८६ औं मिनेटमा गोल गर्दै इन्टरलाई १–० गोलको जित दिलाए । दुई टोलीबीचको अर्को लेग अब १४ मार्चमा पोर्टोमा मैदानमा हुनेछ । 

Logo