नाडा अटो मोबाइल्स एशोसिएशन अफ नेपालले लामो समयदेखि विभिन्न भन्सार नाकाहरुमा रोकिएका सवारी छुटाउन आग्रह गरेको छ।
बिहीबार भन्सार विभागका महानिर्देशक चक्र बहादुर बुढासंगको छलफलमा नाडाले यस्तो आग्रह गरेको हो । नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले लामो समय देखि रहेका सवारीका साधनहरु छुटाउने सम्बन्धमा त्यसको सहज निकासका लागि आग्रह गरेका छन् ।
उक्त छलफलमा नाडाका अध्यक्ष थापाले सरकारले सवारी साधनहरुकोआयातमा लगाएको प्रतिवन्ध खलुाए पनि सोआयात प्रतिवन्ध लगाउनु अघि देखि नै नेपाल राष्ट्र बैंकले लागु गरके अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा नल्याएसम्म सवारी साधनहरुको खरिद विक्रीमा कुनै सुधार हुन नसकेको भन्दै यसै कारण सवारी साधन पैठारीकर्ताहरुले भन्सार नाकाहरुबाट आफना सवारी साधनहरु उठाउन नसकेको स्पष्ट पारे ।
सोही अवसरमा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठले पछिल्लो समयमा सवारी साधानहरुको वार्षिक बजारमा गिरावट आएको बताए । उनले कार, जीप र भ्यान जस्ता सवारी साधनहरुको बजार अहिले घटेर ७/८ हजारमा झरेको जानकारी दिए । यसअघि यसको वार्षिक १७/१८ हजार रहेको थियो । उनका अनुसार कुल सवारी साधनहरुको विक्री ८५ प्रतिशतसम्म बैंक ऋणबाटै हुने गरेको छ ।
यता, नाडाका सहकोषाध्यक्ष पंकज अग्रवालले एलसी खोलेर ल्याएका स्पेयर पार्टसहरुको मूल्याङ्कनमा पनि समस्या आईरहेको बताए । उनले पैठारीकर्ताले पेश गरेको विल मूल्यलाई मान्यता दिन समेत आग्रह गर्दै सन्दर्भ मूल्य सूचिले व्यवसायीहरुलाई धेरै समस्या परिरहेको र मूल्य सूचिलाई खारेज गर्नुपर्ने बताए ।
उक्त छलफलको महानिर्देशक चक्रबहादुर बुढाले भन्सार नाकाहरुमा रोकिएका सवारी साधानहरुको विवरण उपलब्ध गराउन आग्रह गरेका थिए । उनले अनुसार भन्सार नाकाहरुमा रहेका सवारी तथा ढुवानीका साधनहरुको सम्बन्धमा मन्त्रालयमा समेत पटक पटक छलफल भईरहेको जानकारी दिए ।































प्रतिक्रिया