काँग्रेससँगकाे बैठकपछि राष्ट्रपतिको टुंगो लाग्छ, याे तानातान गर्ने बेला होइन -जनार्दन शर्मा

काँग्रेससँगकाे बैठकपछि राष्ट्रपतिको टुंगो लाग्छ, याे तानातान गर्ने बेला होइन -जनार्दन शर्मा

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले राष्ट्रपतिका लागि तानातान नभइ सहकार्य र सहमति हुनुपर्ने बताएका छन् । 

शुक्रवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद शर्माले यस्तो बताएका हुन् । उनले राष्ट्रपतिका लागि नेकपा एमाले, नेपाली काँग्रेस लगायत अन्य दलहरुले सहमति गरेर अघि बढ्न आवश्यक रहेको बताए । 

उनले भने, ‘हामीले एजेण्डाहरुसहित राष्ट्रिय सहमति गर्ने भनेर प्रश्ताव अघि सारेका छौँ । त्यो एमालेसँग पनि छलफल हुन्छ, अरु पार्टीहरुसँग पनि छलफल हुन्छ र अहिले तानातानको अवस्था होइन, सहकार्यको अवस्था हो । सहकार्य गरेर जानुपर्छ, राष्ट्रिय सहमति गर्नुपर्छ । राजनीतिक खिचातानी, लडाईं लडेर होइन, अब देशको समृद्धिको बाटोमा सबै पार्टी जिम्मेवार भएर लाग्नुपर्छ ।’
 
सांसद शर्माले आज साँझ बस्ने नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपालसहितका राजनीतिक दलहरुको बैठकपछि राष्ट्रपति उम्मेदवारको टुंगो लाग्ने बताए । 

Logo