८ दललाई प्रधानमन्त्रीले भने- नयाँ राजनीतिक यात्रा सुरु भयो, सरकारमा सहभागी हुनुहोस्

८ दललाई प्रधानमन्त्रीले भने- नयाँ राजनीतिक यात्रा सुरु भयो, सरकारमा सहभागी हुनुहोस्

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सर्मथन गर्ने निर्णय गरेसँगै नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका छन् । 

बालुवाटारमा बसेकाे ८ दलकाे बैठकले कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने निर्णयसँगै प्रधानमन्त्री प्रचण्डले सो टिप्पणी गरेका हुन् । ‘प्रधानमन्त्रीले नयाँ राजनीतिक यात्रा सुरू भएको छ। हामीले जनताको चाहना अनुसार अघि बढौं भन्नुभयो। हामी सत्ता समीकरणको बेलामा थप छलफल गरेर जाऊँ भनेर अपिल गर्नुभयो’, नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले बैठकपछि भने। 

साथै प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन राष्ट्रपतिमा सर्मथन गर्ने ८ दलका नेतालाई अनुरोधसमेत गरेका छन् । उनले नयाँ गठबन्धनको नयाँ सरकारमा सहभागी हुनका लागि अनुरोध गरेका हुन् । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा पछि नयाँ मन्त्रीमण्डल गठन हुनेछ । 

बैठकमा सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)सहित नेपाली कांग्रेस, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीका नेताकाे सहभागी रहेकाे थियाे । 

Logo