नेकपा एमालेले सांसद एवं उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।
शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । एमालेले पार्टी उपाध्यक्ष नेम्वाङलाई बनाउने निर्णय लिएसँगै राष्ट्रपतिका लागि दुई जना उमेदवार तय भइसकेका छन् । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । कांग्रेसका पौडेललाई ८ दलको समर्थन छ। एमालेका नेम्वाङलाई कुन–कुन दलले समर्थन गर्छन् भन्ने खुलेको छैन । एमाले सचिव योगेश भट्टराईले आफ्नो उम्मेदवारले जित्ने दाबी गरे ।





























प्रतिक्रिया