काठमाडौ महानगर पालिकाका मेयर बालेन्द्र शाहले आफूलाई पदबाट राजिनामा दिन दवाव दिइएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजिनामाको दवाव रहेको बताएका छन् । राजिनामा दिन दिइएको दवावप्रति असन्तुष्टि व्यक्त गर्दै मेयर शाहले भनेका छन- यो देश कहिले पनि बन्दैन ।
कसले र किन राजिनामाको दवाव दिएभन्ने कुरा चाहीं उनले खुलाएका छैनन् । स्वतन्त्र रुपमा निर्वाचन जितेर मेयर बनेका बालेनप्रति ठूला दलका नेता तथा प्रतिनिधिहरु असन्तुस्ट रहँदै आएको उनले पटक पटक बताउँदै आएका छन् । जनमुखी कामबाट उनको प्रचार प्रसार भएपनि उनलाई घेराबन्दीमा पार्न पहल भैरहेको उनकोआरोप छ ।
सडक विस्तार,सर-सफाइ, प्राकृतिक स्रोत र सम्पदाको अतिक्रमण विरुद्ध मेयर शाह अभियानकै रुपमा लागि परेका छन् । विपन्न नगरवासीको रोजीरोटीप्रति अनुदार रहेको र सामूहिकतामा रहेर काम गर्न नसकेकोजस्ता आरोप उनलाई लाग्दै आएको छ ।
मेयर शाह गत बैशाखमा भएको स्थानीय निर्वाचनमा नेकपा एमाले र नेपाली काँग्रेसका नेताहरुलाई पराजित गरी नेतृत्वमा आएका हुन । स्वतन्त्र उम्मेदवार शाहले ६१ हजार ७६७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएकी थिइन । नेकपा एमालेका केशव स्थापित३८ हजार ११७ मत सहित तेस्रो स्थानमा आएका थिए ।































प्रतिक्रिया