नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको दललाई मान्यता दिनु त परको कुरा । उनले भाषणका क्रममा माधव नेपालको नाम उच्चारण भैहाले मुख कुल्ला गर्छु भन्ने गर्थै । तर आज उनै केपी ओलीले माधव नेपालको नाम र उनको दललाई सम्बोधन गरी पत्र पठाएका छन् । उनको पत्र सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । कुनै बेला दल र नेताको अस्तित्व नस्वीकार्ने ओलीको पत्रप्रति नेकपा एसका नेता कार्यकर्ताहरुले आक्रोस पोखेका छन् । खासगरी संसद विघटन प्रकरणपछि २ नेताबीचको सम्बन्ध पानी बाराबारको स्थितिमा रहँदै आएको छ । तर पछिल्लो पटक एमालेका अध्यक्ष ओली माधव नेपालप्रति केही नरम देखिन थालेका छन् । राजनीतिक उतार चढावका क्रममा अध्यक्ष ओलीले माधवप्रति नरम व्यवहार देखाएको जस्तो गर्ने गरेको नेकपा एसका कार्यकर्ताहरु बताउँछन् ।
एमालेले राष्ट्रपति निर्वाचनमा सहयोग माग्दै एकीकृत समाजवादीलाई पत्र पठाएको हो । एमाले अध्यक्ष ओलीले नेकपा एसका अध्यक्ष नेपाललाई राष्ट्रपतिमा सुवास नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गर्दै पत्र पठाएका हुन्। फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीले उम्मेदवारी दर्ता गरेको एमालेले पत्रमा उल्लेख गरेको छ। ओलीले नेपाललाई पठाएको पत्रमा भनिएको छ, निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु ।’
एमालेको शनिबार बिहान बसेको सचिवालय बैठकले कांग्रेसबाहेक सबै दललाई राष्ट्रपतिमा सहयोग माग्दै पत्र लेख्नो निर्णय गरेको थियो। त्यही निर्णयअनुसार नेकपा एसलाई पनि पत्र पठाएको हो।पुस १० गते एमाले नेतृत्वमा बनेको ७ दलीय गठबन्धन भत्काएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावअघिकै गठबन्धन ब्यूँताएका छन्। पुरानो ब्यूँतिएको आठ दलीय गठबन्धनबाट राष्ट्रपतिमा कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार छन्। नेकपा एमालेले आफ्नो दल फुटाउने मुख्य योजनाकार माधव कुमार नेपाल नै रहेको ठहर गर्दै उनीप्रति निर्मम रहँदै आएको थियो ।





























प्रतिक्रिया