अल नासरको जितमा रोनाल्डोले क्लबका लागि दोस्रो र व्यक्तिगत ६२ ह्याट्रिक पुरा गरे

अल नासरको जितमा रोनाल्डोले क्लबका लागि दोस्रो र व्यक्तिगत ६२ ह्याट्रिक पुरा गरे

केन्द्रबिन्दु
0
Shares

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा साउदी प्रो लिग फुटबलमा अल नासरले उत्कृष्ट जित निकालेको छ । गएराति सम्पन्न खेलमा दमाक एफसीविरुद्ध अल नासरले ३–० को जित निकालेको हो । 

अल नासरको जितमा रोनाल्डोले ह्याट्रिक गरे । उनले खेलको १८ औं मिनेटमा पेनाल्टी गोलमार्फत अल नासरलाई सुरुआती अग्रता दिलाए । उनले नै २३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई २–० ले अगाडि बढाए ।

४४ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै अल नासरलाई सानदार जित दिलाए । यो जितपछि शीर्ष स्थानको अल नासरले दोस्रो स्थानको अल इत्तिहाद एफसीसँगको दूरी २ अंकले बढाएको छ । अहिलेसम्म अल नासरले १८ खेलबाट ४३ अंक जोडेको छ । १८ खेल नै खेलेको अल इत्तिहादको ४१ अंक रहेको छ ।  

Logo