माओवादी केन्द्रद्धारा जुम्लामा पालिका अभियान सुरु

माओवादी केन्द्रद्धारा जुम्लामा पालिका अभियान सुरु

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र)ले जुम्लामा पालिका अभियान सुरु गरेको छ । 

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा इन्चार्ज नरेश भण्डारीले देशभर पार्टी सुदृढ गर्न अभियान थालिएकोमा जुम्लामा पनि सुरु गरेको बताए । उनका अनुसार सोही अनुसार जिल्लामा कमान्ड गर्ने नेताहरू पनि खटाइएको छ । 

१७ गते जिल्ला समन्वय समितिको बैठक, १८ गते अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम तय गरिएको छ । समृद्ध जुम्लाका लागि सुदृढ माओवादी भन्ने मूल नाराका साथ अभियान थालिएको हो । इन्चार्ज भण्डारीका अनुसार सबै स्थानमा आज ११ बजेबाट कार्यक्रम हुदैछन् ।

Logo