राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ।
राष्ट्रपतिको चुनावमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने छलफल गर्न सोमबार बैठक बस्न लागेको हाे । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन्। कांग्रेस उम्मेदवार पौडेलले शनिबार नै रास्वपा सभापति रवि लामिछानेलाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। लामिछानेले पार्टीमा छलफल गरेर यसबारे आवश्यक निर्णय लिने बताएका थिए।
राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने सहमति गर्न शुक्रबार बसेको ८ दलको बैठकमा रास्वपालाई बोलाइएको थिएन। रास्वपालाई कांग्रेस, माओवादीसहित ८ दलको बैठकमा नबोलाइएकाले उसले एमालेलाई समर्थन गर्नसक्ने रास्वपाका अर्का एक नेताले बताए।





























प्रतिक्रिया