प्रधानमन्त्री प्रचण्ड कतार जाने, यस्तो छ भ्रमणको कार्यक्रम

प्रधानमन्त्री प्रचण्ड कतार जाने, यस्तो छ भ्रमणको कार्यक्रम

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन कतार भ्रमणमा जाने भएका छन् । 

परराष्ट्र मन्त्रालयले आईतबार सिंहदरवारमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । 

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड यही फागुन १९ गते शुक्रबार सो सम्मेलनमा सहभागी हुन कतारको दोहा प्रस्थान गर्ने जानकारी दिएकी हुन् । त्यसक्रममा उनले सो सम्मेलनलाई सम्बोधन गर्नेछन् । 

त्यसैगरी सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँग पनि प्रधानमन्त्री प्रचण्डले द्धिपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ । नेपाली दुतावास र त्यहाँस्थित नेपाली समूदायले आयोजना गर्ने कार्यक्रममा पनि उनी सहभागी हुने मन्त्रालयले जनाएको छ । 

४ दिनको भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री प्रचण्ड फागुन २२ गते स्वदेश फर्कनेछन् । उनीसँग परराष्ट्र मन्त्रालयका अधिकारी पनि सो सम्मेलनमा सहभागी हुनेछन् ।

Logo