परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा भाग लिन आजै जेनेभा प्रस्थान गर्ने भएकी छन् ।
परराष्ट्र मन्त्रालयले आईतबार सिंहदरवारमा पत्रकार सम्मेलन गरी मन्त्री पौड्याल त्यसतर्फ प्रस्थान गर्न लागेको जानकारी गराएको हो । बैठकमा नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिहरुको बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्री पौड्यालले बताइन् । नेपाल सो परिषदको सदस्य राष्ट्र हो ।
मन्त्री पौड्यालले सदस्य राष्ट्रको हैसियतले यस क्षेत्रमा आफूले गरेको प्रगतिबारे अन्तराष्ट्रिय समूदायलाई जानकारी गराउन र बहुपक्षीय तथा द्धिपक्षीय छलफलको माध्यम अन्य मुलुकसँगको सम्बन्धलाई अझै बलियो बनाउने अवसरमा रुपमा पनि सो बैठकलाई उपयोग गरिने जानकारी गराइन् ।
सोही बैठकमा भाग लिएर मन्त्री पौड्याल कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएकाे छ ।





























प्रतिक्रिया