सन्दीप लामिछानेको मुद्दा ‘हेर्दाहेर्दै’ मा

सन्दीप लामिछानेको मुद्दा ‘हेर्दाहेर्दै’ मा

केन्द्रबिन्दु
0
Shares

क्रिकेटर सन्दीप लामिछानेको सर्वोच्च अदालतमा दायर मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ । न्याधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस नसकिएपछि मुद्दा साेमबारका लागि हेर्दाहेर्दैमा राखिएको हो  ।

सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालत, पाटनको को आदेशविरुद्ध सरकारले दिएको निवेदन तथा लामिछानेले विदेश जान पाउनु पर्ने भन्दै दिएको निवेदनमाथी बन्द इजलासमा भईरहेको सुनुवाइ  ‘हेर्दाहेर्दै’मा राखिएको हो ।

नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने दिएको आदेशसँग देश बाहिर जान नपाउने सर्त राखेको थियो । उक्त सर्त खारेज गर्नुपर्ने जिकीरसहित आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै सन्दीपको तर्फबाट गत बिहीबार सर्वोच्चमा निवेदन दायर गरिएको थियो । उक्त निवेदनमाथि शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ भएको थियो । 

यता पाटन उच्च अदालतले सन्दीपलाई धरौटीमा छाड्न दिएको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालय निवेदन पेस गरेको थियो । सन्दीप र महान्यायाधिवक्ताले दिएको छुट्टाछुट्टै निवेदनमाथि आइतबार संयुक्त सुनुवाइ भएका हो । 

आजको इजलासमा सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापासहित कृष्ण प्रसाद सापकोटा, सविता भण्डारी बराल, मुरासी सापकोटाले बहस गरेका थिए भने बाँकीले यही इजलासमा सोमबार बहस गर्नेछन् ।  यस्तै, आज पीडितको तर्फबाट सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मी, शान्ति रिसाल काफ्लेसहितको ३ जनाले बहस गरेका थिए । 

Logo