पल शाहले उच्च अदालतबाट पनि पाए सफाइ, अब रिहा हुने

पल शाहले उच्च अदालतबाट पनि पाए सफाइ, अब रिहा हुने

केन्द्रबिन्दु
0
Shares

अभिनेता पल शाहलाई उच्च अदालत पोखराले पूर्ण सफाइ दिएको छ । 

बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका पलले दिएको पुनरावेदनमा आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत नवलपुरको फैसला उल्टाउँदै अभियोग दावी नपुग्ने ठहर गरेको हो । 

यसअघि नवलपुर जिल्ला अदालतले बलात्कार मुद्दामा सफाइ दिएर बाल यौन दुरूपयोग कसुरमा साढे २ वर्ष कैद सजाय सुनाउँदै पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो ।

गत वर्षकाे फागुनमा नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै अभिनेता पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपुरमा उजुरी परेको थियो । त्यसपछि उनले जिल्ला प्रहरी कार्यालय तनहुँमै पुगेर आत्मसमर्पण गरेका थिए । 

यसअघि अभिनेता शाहलाई जिल्ला अदालत तनहुँले पनि अभियोग दावी नपुग्ने ठहर गर्दै सफाइ दिएको थियो । उनी हाल तनहुँ जिल्ला कारागारमै छन् । 

Logo