परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालको स्वीट्जरल्याण्डको जेनेभा भ्रमण स्थगित भएको छ ।
मानवअधिकार परिषद्को ५२औँ सत्रमा भाग लिन आज जेनेभा प्रस्थान गर्न लागेकी मन्त्री पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकेका हुन् । पत्रकार सम्मेलनमार्फत बिहानसम्म जाने भनेर तयारी भएको तर, दिउँसो प्रधानमन्त्री कार्यालयबाट फोन आएपछि अचानक भ्रमण रोकिएको मन्त्री पौड्यालकाे सचिवालयले जनाएकाे छ ।
नेपाल परिषद्को सदस्य राष्ट्र हो । सो अवसरमा नेपालले गरेका प्रतिबद्धता र त्यसमा गरेका कामबारे समेत अवगत गराउने परराष्ट्र मन्त्रालयले जनाएको थियो । नेपालले सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषय र गरेका कामका बारेमा अन्तर्राष्ट्रिय मञ्चमा सुनाउने र सो अवसरमा विभिन्न द्विपक्षीय भेटवार्ता हुने, परिषद्का उच्चायुक्त, आइएलओका महानिर्देशकलगायतसँग समेत भेट हुने कार्यसूची थियो ।





























प्रतिक्रिया