सन्दिपको मुद्धाको पेशी आज, विदेश जान पाउने कि नपाउने निर्णय हुने ?

सन्दिपको मुद्धाको पेशी आज, विदेश जान पाउने कि नपाउने निर्णय हुने ?

केन्द्रबिन्दु
0
Shares

नाबालिगमाथि बलात्कार अभियोग लागेका नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछानेको सुनवाई आज पनि हुने भएको छ ।

आइतबार न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ अन्तिमा मुद्दा हेर्दाहेर्दैमा राखिएपछि आज पनि सुनवाई हुन लागेको हो । नाबालिग बलात्कार मुद्दामा उच्च अदालत, पाटनले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च गएको थियो भने लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

एक नाबालिग माथी बलात्कार गरेको आरोप पछि फरार रहेका लामिछानेले गत असोज २० मा प्रहरी समक्ष आत्मसर्मपण गरेका थिए । उनी उच्च अदालत पाटनको आदेशसँगै गत २९ पुसमा २० लाख धरौटीसहित रिहा भए पनि उनलाई विदेश जान भने उच्च अदालतले रोक लगाएको थियो । सो आदेशकाविरुद्ध क्रिकेटर लामिछाने सर्वोच्च गएका हुन् । जसविरुद्ध परेका रिटमा सर्वोच्चमा सुनवाई भईरहेको हो ।

सरकार र लामिछानेको दुवै मुद्दामा गत शुक्रबारदेखी भएको सुनवाई नसकिए पछि सोमबारका लागि पेशी तोकिएको हो । सर्वोच्च अदालतको बन्द इजालासमा भएको सुनवाई पछि क्रिकेटर लामिछाने विदेश जान पाउने कि नपाउने फैसाल हुने निर्णय हुनेछ । 

Logo