राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ ।
सोमबार बसेको रास्वपाको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय भएको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
रास्वपाले राष्ट्रपतिको निर्वाचनका बारेमा भने कुनै निर्णय गरेको छैन । नेकपा एमाले र ८ दलीय गठबन्धनबाट मत मागिएकाले अहिले निर्णय नगरिएको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिए ।































प्रतिक्रिया