सन्दीप खेल सकिएको १५ दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने

सन्दीप खेल सकिएको १५ दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको निर्णय सदर सहित झन् खुकुलो बनाइदिएको हो । तर, आदेशमा ‘विदेश गएको अवस्थामा फर्केको १५ दिनभित्र जिल्ला अदालत काठमाडौंमा जानकारी दिनू’ भनिएको छ ।

साथै सर्वोच्चले सो मुद्धामा फास्ट ट्र्याकबाट सुनुवाई गरेर छिटो किनारा लगाउन जिल्ला अदालत काठमाडौंलाई आदेश पनि दिएको छ । यो मुद्दा जबरजस्ती करणीको भएको र सन्दीप एक राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी भएकाले सबैको चासो रहेको हुँदा छिटो किनारा लगाउनुपर्ने उल्लेख छ ।

६ महिनापछि घरेलु मैदानमा सम्पन्न स्कटल्याण्ड र नामिविया सम्मिलित त्रिकोणात्मक ओडिआई सिरिजमा सन्दीपले उत्कृष्ट कमव्याक गरेका थिए । सिरिजमा नेपालले ‘क्लीन स्विप’ गरेको थियो । जसमा बलिङतर्फ सन्दीप नायक बनेका थिए ।

Logo