सरकारले पशुपति सरसफाईका लागि ३ महिने अभियान चलाउने

सरकारले पशुपति सरसफाईका लागि ३ महिने अभियान चलाउने

केन्द्रबिन्दु
0
Shares

सरकारले पशुपतिनाथ मन्दिर सरसफाईका लागि ३ महिने अभियान सञ्चालन गर्ने भएको छ । 

सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्रालयमा पत्रकारहरुसँग भेटघाट गर्दै मन्त्रालयले पशुपतिनाथ मन्दिर सरसफाइका लागि ३ महिने अभियान सञ्चालन गर्न लागेको बताएका हुन् । उनले आगामी शनिवारदेखि पशुपति सरसफाईको अभियान शुरु हुने र त्यसमा मन्त्रालय मातहतका सबै कर्मचारीहरुसहित आफ्नो अध्यक्षतामा सो अभियान सञ्चालन गर्न लागिएको बताए ।

त्यस्तै, पशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि जगमान गुरुङको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरिएको पनि उनले जानकारी दिए । 

मन्त्री किराँतीले आफू मन्त्रीको रुपमा आइसकेपछि विमानस्थलको सरसफाइ र व्यवस्थापकिय कुराहरुमा सुधार ल्याएको बताए । नागरिक उड्डयन प्राधिकरण क्षेत्रमा महिला हिंसाका घटनाहरु घटिरहेका भन्दै महिला बिरुद्ध हुने दुव्र्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गर्न लागिएको उनले बताए ।  

त्यसैगरी ७ फेब्रुअरीमा ग्राउण्डेड भएको ट्वीनेटर जहाजको लागि छानबिन गर्न उपसमिति बनाएको उनले बताए । मन्त्रालयले हवाई नागरिक उड्डयन विधेयक प्रक्रियामा लगेको उनको भनाई छ । 

मन्त्री किराँतीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल सञ्चालन गर्नका लागि सम्बन्धित निकायसँग व्यवसायिक योजना माग गरिरहेको पनि बताए । पर्यटकहरुलाई विभिन्न प्रकारका सेवा दिनका लागि नमस्ते पर्यटक सेवा २४ सै घण्टा चलाउने तयारी रहेको उनले उल्लेख गरे । 

Skip This
Skip This
Logo