बैठक छोडेर सांसदहरु बाहिरिने गरेको भन्दै उपसभामुखको असन्तुष्टि

बैठक छोडेर सांसदहरु बाहिरिने गरेको भन्दै उपसभामुखको असन्तुष्टि

केन्द्रबिन्दु
0
Shares

उपसभामुख इन्दिरा रानाले प्रतिनिधि सभा बैठक छोडेर सांसदहरु बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । 

मंगलवार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उपसभामुख रानाले सांसदहरु प्रतिनिधि सभा बैठक छाडेर बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।  उनले बैठकमा खालि सिट देखिन थालेको बताइन् । उनले प्रतिनिधि सभा सांसदविहिन हुँदा आफूलाई ‘इरिटेड’ हुने गरेको र आफ्नो ‘प्रेसर’ पनि बढेको बताइन् । 

उनले आफूले कुनैपनि काम अनुशासित भएर दिलदेखि गर्ने बताइन् । उनले सांसद अनुपस्थितिको बारेमा जनतालाई के जवाफ दिने भनि प्रश्न समेत गरिन् । 

उपसभामुख रानाले संसदमा जनताका कुराहरुलाई अनुशासित र मर्यादित रुपले उठाउने र विधेयकहरु बनाउने पनि बताइन् । उनले आफ्नो कार्यकालभर अविचलित, निडर र तटस्थ भएर काम गर्ने बताइन् । आफू उपसभामुखको रुपमा काठमाडौंमा मात्र नबसी जनताका कुराहरु सुन्न जिल्ला–जिल्लामा पुग्ने उनले उल्लेख गरिन् । 

उपसभामुख रानाले महिलाहरु समानुपातिक र समावेशिताको दृष्टिले मात्रै नभई खुला रुपमा पनि राज्यका विभिन्न तहमा पुग्नुपर्ने बताइन् । राज्यका निकायमा ५० प्रतिशत महिला पु-याउन प्रयास गर्नुपर्ने उनको भनाई छ । 

महिलाहरु पार्टीको ‘रबरस्ट्याम्प’ बन्नु नहुने उनले बताइन् ।  

उपसभामुख रानाले सिमान्तकृत बालबालिका, असहाय बालबालिका र ज्येष्ठ नागरिकका लागि देशले राम्रो कानून नबनाएको देखेर आफू राजनीतिमा आएको बताइन् ।

Logo