नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई) विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । योसँगै नेपालले पहिलो पटक लगातार छैठौँ पटक खेलमा टस जितेको छ । अब युएई ब्याटिङमा उत्रने भएको छ ।
आजको खेल दुवैको ३० औं खेल हो । आज नेपालले युएईलाई पराजित गरेमा तालिकामा १ स्थान माथि उक्लने छ । सन् २०१९ देखि सुरु भएको विश्वकप लिग टूको साइकलमा युएई पाँचौं र नेपाल छैटौं स्थानमा रहेको छ । युएईविरुद्धको खेल अघि १ अंकले पछि रहँदै छैटौं स्थानमा रहेको नेपाल विजयी भएमा उल्टै युएईलाई १ अंकले पछि पार्दै पाँचौं स्थानमा उक्लने छ । शीर्ष ५ भित्र अटाउने टोलीको एक दिवसीय मान्यता जोगिने भनिएकाले पनि यो सिरिज निकै महत्वपूर्ण रहेको छ ।
नेपालको प्लेइङ ११ :
रोहित पौडेल (कप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर) , ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, गुलशन झा र सन्दीप लामिछाने ।































प्रतिक्रिया