भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालका एक युवाले मिटर व्याजमा फसेपछि आत्महत्या गरेका छन् ।
लामो समयदेखि घर जग्गाको कारोवारमा संलग्न रहँदै आएका सुडाल निवासी श्याम तिमिल्सिनाले विभिन्न व्यक्तिसँग पैसा उधारो लिएको तर तिर्न नसकेपछि विष सेवन गरी आत्महत्या गरेको पाइएको हो । एक लाखको ८ हजार मासिक देखि १५ हजारसम्म व्याज मिटर व्याजीले लगाउन थालेपछि उनले आत्महत्या नै गर्न बाध्य भएको उनका नजिकका आफन्तले बताएका छन् ।
करिब ७ करोड भन्दा बढी पैसा उनले मिटर ब्याजमा बजारबाट लिएको देखिएको छ । आफ्नो पैसा त फस्यो फस्यो उक्त फसेको पैसालाई उकास्न लिएको ऋणले उनलाई मृत्युको बाटोमा पु–याएको आफन्तले बताएका छन् ।





























प्रतिक्रिया