आत्मघाती गोलले बार्सिलोना विजयी

आत्मघाती गोलले बार्सिलोना विजयी

केन्द्रबिन्दु
0
Shares

स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी भएको छ ।

बार्सिलोनाको जीतका लागि पहिलो हाफमा एडर मिलिसाओको आत्मघाती गोल नै निर्णायक बन्यो । सान्टियागो बर्नबेउमा बिहीबार राति भएको खेलको २६औं मिनेटमा मिलिसाओले आत्मघाती गोल गर्न पुगेका हुन् । त्यसमा अफसाइड रहेको भन्दै रेफ्रीले भिएआर चेक गर्दा  अफसाइड नदेखिए पछि रेफ्रीले गोललाई मान्यता दिएको थियो । यस जितसँगै बार्सिलोनाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लिगमा यही नतिजा कायम राख्न सके बार्सिलोना फाइनलमा पुग्नेछ । 

 

Logo