अब नारायणगढ मुग्लिन सडक प्रयोग गर्दा सवारी शुल्क तिर्नु पर्ने

अब नारायणगढ मुग्लिन सडक प्रयोग गर्दा सवारी शुल्क तिर्नु पर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नारायणगढ मुग्लिन सडक प्रयोग गरे बापत अबदेखि सवारी शुल्क तिर्नु पर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले नारायणगढ मुग्लिन सडक प्रयोग गरे बापत शुल्क लिने निर्णय गरेको हो ।

नियमित मर्मत सम्भारका लागि स्रोत अभाव नहोस् भनेर दुई थरी शुल्क लिने निर्णय भएको सरकारको नियमित पत्रकार सम्मेलनमा अर्थ तथा संचारमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार कार लगायतका हलुका सवारीसाधनका लागि २५ रुपैयाँ र ठूला तथा भारी सवारीका लागि ५५ रुपैयाँ तिर्नु पर्ने भएको छ । यो नियम भदौ १ गतेदेखि लागू हुने भएको छ ।

Logo