आजको मौसमः देशका पहाडी र हिमाली भु–भागमा बर्षा र हिमपात

आजको मौसमः देशका पहाडी र हिमाली भु–भागमा बर्षा र हिमपात

केन्द्रबिन्दु
0
Shares

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। दिउँसो  देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  

देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।  साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। 

राती भने  कोशी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।  कोशी, गण्डकी र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Logo