ओपनर कुशलले यूएईविरुद्धको खेल गुमाए

ओपनर कुशलले यूएईविरुद्धको खेल गुमाए

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीको ओपनर कुशल भुर्तेलले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको युएईमा जारी त्रिकोणात्मक सिरिजमा यूएईविरुद्धको खेल गुमाउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले कुशलले ग्रोईन ईन्जोरीका कारण सोमबारको खेल गुमाउने जनाएको छ । कुशलको स्थान सन्दीप जोरालाई राखिएको क्यानले जनाएको छ ।

कुशलले सिरिजको पछिल्लो तीन खेलमा एक खेलमा अर्धशतक बनाउँदा दोस्रोमा ५ रन बनाउँदा तेस्रो खेलमा डक आउट भएका थिए । 

Logo