धनुषामा ट्याक्टर र मोटरसाईकल ठोक्किँदा दुईको मृत्यु

धनुषामा ट्याक्टर र मोटरसाईकल ठोक्किँदा दुईको मृत्यु

केन्द्रबिन्दु
0
Shares

 लक्ष्मीनियामा ट्याक्टर र मोटरसाइकलमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

जनकपुर–ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियामा गए राति भएको मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । मोटरसाइकलमा सवार लक्ष्मीनिया गाउँपालिका– ४ सपही का ४५ वर्षीय रामएकवाल ठाकुर र ६० वर्षीय सत्यनारायण साहको मृत्यु भएको प्रहरीले जनाएको छ । 

धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमअनुसार राति ९ बजेतिर ज १ त ५२४५ नम्बरको ट्याक्टरले ज १० प ६४२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।  दुवै शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको उनले जानकारी दिए । टयाक्टर र टयाक्टर चालकलाई नियन्त्रणमा लिएर आवाश्यक कारबाही प्रक्रिया सुरु गरिएको छ । 

Skip This
Skip This
Logo