कञ्चनपुर ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनाको प्रमाण नष्ट गरेको आरोपमा मुद्दा लागेका ८ जना प्रहरीले सफाइ पाएका छन् ।
कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित ८ जना प्रहरीले आज सफाइ पाएका हुन् ।
सार्वजनिक न्यायविरुद्धको कसूर र यातना सम्बन्धी कसूरमा उनीहरुले जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएका हुन् ।
उनीहरुविरुद्ध निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रमाण नष्ट गरेको र हिरासतमा रहेकालाई यातना दिएको आरोपमा मुद्दा दर्ता भएको थियो ।





























प्रतिक्रिया