प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय क्षेत्रमा देखापरेका समस्या समाधानका लागि पहल थालेका छन् । उनले बैंक तथा वित्तीय क्षेत्रका व्यक्तिहरुसँग छलफल गरिरहेका छन् ।
पछिल्लो समय बैंकको चर्काे ब्याजका कारण ऋणीले आत्महत्या गर्न थालेको लघुवित्तका कारणले धेरैको उठिवास लागेको समाचार आइरहेका बेला प्रधानमन्त्री प्रचण्डले समस्या समाधानका लागि सम्बन्धित् पक्षसँग छलफल थालेका हुन् ।
बैंक तथा वितीय क्षेत्रमा विशेष गरी लघुवित्तहरुले ऋणीहरुलाई मारमा पारको भन्दै लघुवित्त खारेजसम्मको माग ऋणीहरुले राख्दै आएका छन् । यता बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण तिर्न सक्दैनौं मिनाहा गर्नुपर्छ भन्ने सडक आन्दोलनमा एउटा समूह रहेको छ । बैंकहरुले ब्याजदर बढी लिएको भन्दै व्यापारीहरु समेत सडक आन्दोलन गरिरहेका छन् ।
छलफलमा मुख्य सचिव शंकरदास बैरागी,नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी,अर्थसचिव तोयम राया,नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा,नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल,नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल,नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी,लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा लगायतको सहभागिता छ ।





























प्रतिक्रिया