प्रान्जलले विद्यार्थीलाई उत्कृष्ट शैक्षिक परामर्श सेवा दिएको छ -बासुदेव दाहाल, प्रबन्ध निर्देशक

प्रान्जलले विद्यार्थीलाई उत्कृष्ट शैक्षिक परामर्श सेवा दिएको छ -बासुदेव दाहाल, प्रबन्ध निर्देशक

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको पुतलीसडकमा रहेको प्रान्जल एजुकेसन कन्सल्टेन्सीले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई उच्चस्तरीय मार्गदर्शन र समर्थन प्रदान गर्दै आएको छ । 

आइतबार कन्सल्टेन्सीको १३औँ वार्षिकोत्सवको अवसरमा बोल्दै कन्सल्टेन्सीका प्रबन्ध निर्देशक बासुदेव दाहालले लामो समयदेखि विभिन्न देशमा गएर उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई उचित परामर्श सेवा प्रदान गर्दै आएको बताएका छन् । 

प्रान्जल कन्सल्टेन्सीकै कारण विदेशमा जाने विद्यार्थीले सही परामर्श पाएको निर्देशक दाहालले बताएका छन् । 'प्रत्येक ग्राहकलाई हामीले प्रदान गर्ने सेवाबाट विद्यार्थीले १०० प्रतिशत सन्तुष्टी प्राप्त गर्छन्,' उनले भने, 'परिणाम स्वरूप हामीसँग ९७ प्रतिशत भिसा सफलता छ ।' 

विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्न एक देशबाट अर्को देशमा पढ्न जाने प्रकृया अविकसितबाट विकसित मुलकमा जाने मात्र नभएको प्रबन्ध दाहाल बताउँछन् ।  उनका अनुसार विदेशमा शिक्षापछि को सीप र रोजगारीको अवसरका कारण नेपाली विद्यार्थी विदेश पढ्न जाने झुकाव उत्तिकै छ । 

नेपाली अभिभावकहरुमा शिक्षाको लागि जस्तोसुकै जोखिम मोल्न सक्ने र लगानी गर्नसक्ने जोस भएको पनि देखिन थालेको उनको भनाई छ । 

सन् २०१० मा स्थापना भएको यस कन्सल्टेन्सी अष्ट्रेलिया, बेलायत, संयुक्त राज्य अमेरिका, क्यानडा र न्युजिल्याण्डका धेरै शैक्षिक संस्थाहरूको प्रतिनिधित्व गर्ने नेपालको सबैभन्दा उत्कृष्ट परामर्श केन्द्र हो । अहिले काठमाडौंमा मात्र रहेको र अब छिट्टै नेपालका अन्य मुख्य सहरमा पनि शाखा खोल्ने कन्सल्टेन्सीले जनाएको छ । 

स्थापना कालदेखि नै विद्यार्थीलाई अवसर र चुनौतीबारे सचेत गराउँदै आएको यस कन्सल्टेन्सीले विद्यार्थीलाई भिसा प्रकृयामा पूर्ण सहायता गर्दै आएको छ । 

Skip This
Skip This
Logo