शरद भेषवाकरविरुद्ध पत्नी निशाले हालेकाे मुद्दामा आयो यस्तो आदेश

शरद भेषवाकरविरुद्ध पत्नी निशाले हालेकाे मुद्दामा आयो यस्तो आदेश

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री निशा अधिकारीले पति शरद भेषवाकरविरुद्ध अंशवण्डाको मुद्दा दायर गरेकी छिन्। उनले काठमाडौं जिल्ला अदालतमा पति अंशवण्डाको मुद्दा दायर गरेकी हुन्।

उक्त मुद्दामा अदालतको न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले सम्पत्तिको फाँटबारी माग गर्न आदेश दिएको छ। नाबालक छोरासमेतलाई अंशभाग लगाउनुपर्ने माग गर्दै निशाले क्रिकेटरसमेत रहेका पति भेषवाकरविरुद्ध मुद्दा हालेकी हुन् ।

उनीहरु २०७४ सालमा विवाह बन्धनमा बाँधिएका थिए भने २०७५ सालमा निशाले छोरालाई अमेरिकामा जन्म दिएकी थिइन् । अहिले नै सम्बन्धविच्छेदको मुद्दा दायर नगरे पनि अंश मुद्दाका कारण दुईजनाबीचको सम्बन्धमा दरार आएको देखिन्छ। 

Logo