काठमाडौं ।
सेलपेका ग्राहकले पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत अर्थात अधिकतम १ हजार रुपैँयाँ सम्मको क्यास ब्याक पाउने भएका छन् । यो सुविधा भने ग्राहकले साउन १६ गते पहिलो मर्चेन्ट पेमेन्ट गर्दा पाउने छन् ।
सेलपेले आफ्नो वार्षिकोत्सवको अवसरमा यो अफर ल्याएको जनाएको छ । यो अफरको लागि आफ्नो मोबाइलमा सेलपेको एप डाउनलोड गरी आफ्नो बैंक अकाउन्ट लिंक गर्नु पर्ने हुन्छ । त्यसको साथमा ५ जना भाग्यशाली ग्राहकहरुले सेल्सबेरी डिर्पाटमेन्टमा १०० सेकेण्डभित्र १ रुपैंयाँमा असीमित ग्रोसरी सामानहरु किन्न सक्नेछन् ।
सेलपेको मोबाइल एप एन्ड्रोइड तथा आईओएसमा उपलब्ध रहेको छ । यसबाट बिना कुनै वालेट सिधै आफ्नो बैंक खाताबाट सरल र सुरक्षित तरिकाले पेमेन्ट गर्न सकिनेछ ।





























प्रतिक्रिया