उद्योग वाणिज्य महासंघ केन्द्रीय कार्यसमितिको बैठक साउन २१ गते

उद्योग वाणिज्य महासंघ केन्द्रीय कार्यसमितिको बैठक साउन २१ गते

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघले यहि साउन २१ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

महासंघको केन्द्रीय कार्यसमितिको बैठक माग गर्दै ४० भन्दा बढी सदस्यले लिखित रुपमा पत्र पेस गरे पश्चात महासंघले साउन २१ गते बुधबारका लागि केन्द्रीय कार्यसमितिको बैठक राखेको हो ।

महासंघको विधानमा एक चौथाई सदस्यले बैठक माग गरेको अवस्थामा १५ दिनभित्र केन्द्रीय समितिको बैठक राख्नु पर्ने प्रवाधान रहेको छ ।

महासंघलले यस अघि पदाधिकारी बैठकले साउन २६ र २७ गते अधिवेशन गर्ने तयारी थालेको थियो । तर सरकारले कुनै पनि सभा सम्मेलन गर्न अनुमति नदिए पछि अधिवेशन अनिश्चित बनेको थियो ।

त्यसपछि महासंघले सरकारले सभा सम्मेलन गर्न दिएको १५ दिनपछि गर्ने गरी स्थगित गरको छ ।

Logo