सप्तरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सप्तरीमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बलान बिहुल गाउँपालिका -४ वेल्हीका ५५ वर्षीय विशो मण्डल रहेका छन् ।

हुलाकी सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बिआर ३२ वाई ६०५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोक्किएर दुर्घटना भएको सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् । गम्भीर रहेका मण्डललाई उपचारका लागि बोदेबर्साइनस्थित जिवन ज्योति अस्पताल उपचारको लागि लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए । 

सोही मोटरसाइकलमा सवार सोही ठाउँका राम लोचन शर्माको १८ वर्षिय छोरा कमलेश कुमार शर्मा घाइते भएका छन् । उनको जिवन ज्योति अस्पताल बोदेबर्साइन सप्तरीमा उपचार भइरहेको छ । 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo