अहिलेका सबैजसो बच्चाको ध्यान मोबाइलमा हुन्छ । मोबाइल बिना बच्चाले खाना नै खाँदैनन् । यही कारणले धेरैजसो अभिभावकलाई चिन्ताले सताउने गरेको छ । बच्चाले केही नखाने, रोइदिने भएकाले बाबुआमाको मन पनि मान्दैन अनि मोबाइल दिन बाध्य भैहाल्छन् । त्यसैले बालबालिकालाई मोबाइलमा भुल्याउन अभिभावककै ठुलो हात हुन्छ । बाबु् आमा आफै पनि मोबाइलमा व्यास्त हुने र बच्चालाई पनि मोबाइलमा कार्टुन लगाएर भुल्याउने भएकाले बच्चामा विभिन्न समस्या देखिन थालेका हुन् ।
सुरु सुरुमा अभिभावकले नै बालबालिकालाई फकाउन तथा खुशी बनाउन मोबाइल चलाउन दिएका हुन्छन् । तर एकपटक परेको बानी समस्या बन्न जान्छ । सानै उमेरमा बालबालिका मोबाइल देखेर खुशी भए भनेर आफू पनि खुशी भइयो भने पछि त्यही आफ्ना लागि घातक बन्न सक्छ । पहिलादेखिनै आफ्ना बाबु आमाले बच्चालाई मोबाइलमा लत नबसाउने हो भने बालबालिकालाई त्यस्तो नराम्रो समस्या देखिदैन ।
काठमाडौंका बालबच्चा भएका हरेक घरमा हुने समस्या भनेको बालबालिकाले खाना नखानु हो । काठमााडाैँ मात्र होइन अहिले हरेक क्षेत्रमा यस्तै, समस्या भोगिरहेकी एक जना महिला हुन् सिनामंगल बस्ने मुना पाण्डे । उनको बच्चा अहिले मात्र १ वर्षको भयो तर, उसलाई माबाइल फोन नदेखाइ खाना नै खाँदैन । बच्चाले खाना नखाएपछि मोबाइल देखाउँदा बालबालिकाले खाना नखाएपछि मोबाइल देखाएर खाना खुवाउनु उनको दैनिकी नै भएको छ । उनी घरघरी आफ्नी अर्की ८ वर्षिया छोरीलाई भन्छिन्, ‘हैन, यो कार्टुनमा के हुन्छ हौं त्यस्तो ? आँखा समेत झिम्क्याउँदैनन्’ उनी आफ्नी छोरीले पढ्न छाडेर फोनमा झुन्डिएकाले चिन्तित थिइन् ।
त्यस्तै, भक्तपुर बस्ने लक्ष्मी बस्नेतको हालत पनि उस्तै । एउटा छोरा ६ वर्षको ५ भने अर्को छोरा ३ वर्षको । दुवैले उनीलाई पनि दिक्क लगाएका छन् । उनीहरु दुवैजना कार्टुनको दुनियाँमा रमाउँछन् । भनौं, उनीहरुलाई कार्टुन हेर्न थालेपछि खाना खान नै विर्सन्छन् । छोराछोरीको चिन्ता सभै उनीलाई थपिदै गएको छ । उनी भन्छिन्, ‘सुरुसुरुमा आफैले बानी बनायौं खान खान्छन् भनेर तर अहिले त्यहीँ बानीले समस्या बनाइरहेको छ । समस्या भैरहेको बानी हामीलाई पछुतो लाग्न थालेको छ । अहिले यहि त्यति त छोरी मोबाइल पाएपछि झगडा नगर्ने, एक ठाउँमा बसेर मोबाइल चलाइरहने भएर छाड्यौं । केही समय त साथीहरुलाई हाम्री छोरी तिमीहरुको सन्तानभन्दा ज्ञानी भनेर फूर्ती पनि लगायौं तर अहिले तनाव भइरहेको छ ।
बालबालिकाका कलिला आँखा मोबाइलको स्क्रीनले छिट्टै बिगार्नुका साथै उनीहरुको शरीरमा पनि समस्या हुन सक्छ । बालबालिकाले धेरै समय मोबाइलमा निहुरिएर हेर्दा घाटी तथा ढाडको हड्डीमा समेत समस्या आउन सक्ने विज्ञहरु बताउँछन् । त्यही असर तत्कालै नदेखिए पनि बालबालिकालाई पछि देखिने गर्छ । यसकारण बालबालिकालाई मोबाइलबाट टाढा राख्ने उपाय अपनाउन जरुरी हुन्छ । बच्चाले कार्टुन नहेरी खाना नै खादैनन् त अब के गर्ने ? भन्ने चिन्ता सबैको मनमा हुन सक्छ । तर, यस्तो बेलामा पनि बालबालिकालाई मोबाइल बाट सकेसम्म टाढा नै राख्नुपर्छ ।
बालबालिकालाई मोबाइलको लतबाट टाढा राख्न सानै उमेरमा मोबाइलमा कार्टुन देखाउन बन्द गर्ने, खाना नखाएको खण्डमा बरु डुलाएर गित गाएर उनीहरुलाई खुशी बनाएर खाना खुवाउँने, अलि ठुला हुँदै गएपछि साथीहरूसँग खेल्न प्रेरित गर्नेे, पार्कतिर घुम्न लैजाने, मोबाइल चलाउन निश्चित समय निर्धारण गर्ने, मोबाइलका बेफाइदाका बारेमा भन्ने, कुराकानी गर्ने तथा सधै नजिक रहने, आफू पनि मोबाइलमा झुन्डी नराख्ने, बालबालिकासँग समय विताउने प्रयास गरेमा बालबालिकालाई मोबाइलको तलबाट जोगाउन सकिने बाल मनोचिकित्सकहरु बताउँछन् ।
कसरी राख्ने त बालबालिकालाई मोबाइलबाट टाढा ?
१. खाना खुवाउँदा मोबाइल बिना नै फकाएर खुवाउने
२. बाहिर खेल्ने बानी बसाउने
३, रचनात्मक क्रियाकलाप गरेर देखाउने
४.किताबका विभिन्न चित्र देखाएर भुल्याउने
५. मोबाइल चलाउन कम दिने
६.बालबालिकासँग बढी समय विताउने
७.आफ्नो मोबाइलमा पासवर्ड राख्ने
८.बालबालिकालाई प्रकृतिप्रेमी बनाउने अर्थात केही समय टहलाउन लैजाने
९. मोबाइलभन्दा अन्य मनोरञ्जन क्रियाकलाप गरेर बालबालिका भुल्याउने
१०. प्रेरणादायी कुरा भन्ने
११. मोबाइल फोनको फाइदा र बेफाइदाबारे बुझाउने
माथि उल्लेख कुराहरु गरेर मात्र पनि बालबालिकालाई मोबाइल फोनको लतबाट पुरै त जोगाउन नसकिएला तर पनि केही हदसम्म भने बालबालिकालाई फोनको लतबाट जोगाउन सकिन्छ ।































प्रतिक्रिया