ए डिभिजन लिगमा : आज दुई खेल हुँदै

ए डिभिजन लिगमा : आज दुई खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दुई खेल हुँदैछन्। 

एन्फा कम्प्लेक्समा दुई नव प्रवेशी क्लब चर्च ब्वाइज युनाईटेड र एफसी खुमलटार भिड्ने छन्। चर्च र खुमलटारबीचको खेल दिउँसो साढे बजे सुरु हुनेछ। चर्च ब्वाइज लगातार दुई खेल जित्ने योजनामा रहेको छ। पहिलो खेलमा चर्चले पुलिस क्लबलाई हराएको थियो। खुमलटार पनि दोस्रो जितको खोजीमा रहेको छ। खुमलटारले पहिलो खेलमा फ्रेन्ड्सलाई हराएको थियो।

यस्तै च्यासल मैदानमा फ्रेन्ड्स क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल दिउँसो साढे २ बजे नै सुरु हुनेछ।  यी  दुई टोली पहिलो जितको खोजीमा छन्।  फ्रेन्ड्सले पहिलो खेलमा खुमलटारसँग हार व्यहोरेको थियो। थ्रीस्टार एपीएफ क्लबसँग पराजित भएको थियो।

जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ। यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ। यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन्।

Logo