नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले राष्ट्रपतिको चुनावमा नेमकिपाको भोट एमसीसी खारेजमा भूमिका खेल्न प्रतिवद्धता जनाउनेलाई दिने बताएका छन् ।
मंगलबार भक्तपुर ट्रक व्यवसायी प्रालिद्वारा आयोजित चालक तथा परिचालकहरुलाई ट्राफिक नियमसम्बन्धि प्रशिक्षण कार्यक्रममा बोल्दै उनले राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवास नेम्वाङलाई यही व्यहोराको चिठी पठाएको बताए ।
सांसद सुवालले राष्ट्रपतिका उम्मेदबारहरुले भोट माग्ने मात्रै नभई प्रतिबद्धता आवश्यक भएको बताए । दुवै राष्टपतिका उम्मेदवारहरु भोट माग्न मात्रै हिँडेको तर प्रतिबद्धता कुनै नआएको उनकाे भनाइ छ ।





























प्रतिक्रिया