रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभद्वारा आयोजित ‘रिसेस राइड’ सम्पन्न भएको छ ।
फाल्गुन १९ गते विहान ६ बजे रोयल इनफिल्डको नक्साल सोरूमबाट सुरु भएको सो राइड थान्कोट–नागढुङ्गा–नौबिसे–बैरेनी–बेनिघाट–कुरिन्टार–मुग्लिङ्–आबु खैरेनि–डुम्रे हुँदै सोही दिन बन्दीपुर पुगेको थियो । बन्दीपुरमा राइडरहरूको मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम र अन्तरक्रियात्मक कार्यक्रमहरु भएको थियो ।
दोस्रो तथा अन्तिम दिन फागुन २० गते बिहानको खाजा खाएपछि राइडरहरूको टोली अनुशासित ढंगले आ–आफ्नै गन्तव्यमा फर्किएसंगै कार्यक्रम समापन भएको थियो ।
कार्यक्रममा ५६ जना राइडरको सहभागिता रहेको थियो । कम्पनीका अनुसार सडक सुरक्षा जागरुकता, सवारी सुरक्षा जागरुकता र आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले सो राइड आयोजना गरिएको हो ।





























प्रतिक्रिया