काँग्रेस उम्मेदवार पौडेलले राष्ट्रपतिमा अत्याधिक मतले जित्नेछन् -उपसभापति खड्का

काँग्रेस उम्मेदवार पौडेलले राष्ट्रपतिमा अत्याधिक मतले जित्नेछन् -उपसभापति खड्का

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिमा ९ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अत्याधिक मतले जित्ने दाबी गरेका छन् । 

मंगलवार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको ९ दलीय गठबन्धनको राष्ट्रपति निर्वाचनका लागि बनेको कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापति खड्काले यस्तो दाबी गरेका हुन् । उनले आजको बैठकमा २५ गते हुने राष्ट्रपति निर्वाचनको सन्दर्भमा छलफल भएको बताए । 

उनले राष्ट्रपति निर्वाचनको व्यवस्थापन सम्बन्धीका बारेमा छलफल भएको बताए । उनले गठबन्धनकै बलमा आगमी दिनमा ९ दलीय गठबन्धनलाई व्यापक र बिस्तार गर्दै जाने बताए । 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले आजको बैठकमा गठबन्धनलाई बिस्तार र व्यवस्थित गर्ने विषयमा छलफल भएको बताए । 

सरकार बिस्तारको बारेमा भने राष्ट्रपति निर्वाचनपछि मात्रै थप कुरा अघि बढ्ने बैठकमा सहभागी नेताहरुको भनाइ छ ।

Logo