मुस्ताङमा विश्वविद्यालय खोल्न सरकारले स्विकृति दिएको छैन -प्रधानमन्त्री प्रचण्ड

मुस्ताङमा विश्वविद्यालय खोल्न सरकारले स्विकृति दिएको छैन -प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्विकृति नदिएको बताएका छन् । 

एमाले अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाईरहेका बेला प्रधानमन्त्री प्रचण्डको यस्तो जवाफ आएको हो । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले मुस्ताङको विषयमा बडो चर्चा भईरहेको उल्लेख गर्दै त्यहाँका स्थानीय तहले विश्वविद्यालय भन्दा पनि कलेज खोल्ने विषयमा धेरै पहिलेदेखि कुरा चलाईरहेको आफूले पाएको स्पष्ट पारे । 

एमाले अध्यक्ष ओलीको नाम नलिई उनले आफूले सो चर्चाको विषयमा कसैलाई आरोप/प्रत्यारोप गर्ने पक्षमा नरहेको बताए । उनले मुस्ताङमा भएको खनिज पदार्थबारे स्वदेशमा भन्दा पनि विदेशीहरु बढी जानकार रहेको आफूले सुनेको बताए । 

प्रधानमन्त्री प्रचण्डले मुस्ताङमा भएको अमूल्य खनिज पदार्थको ठिक ढंगले उपयोग गर्न सकियो भने मुलुकको आर्थिक स्थितिमा आमूल परिवर्तन ल्याउन सकिने बताए । मुस्ताङ मात्रै नभएर मुलुकको विभिन्न भागमा विभिन्न किसिमका प्राकृतिक स्रोतहरु रहेको पनि उनले बताए । 

Logo