नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन विष्ट बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७८ वर्षको उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहका बीच अन्जनलाई वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरिएको हो । उनले फुटबलकै किरण चेम्जोङ, क्रिकेटका दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल र ब्याडमिन्टनका प्रिन्स दाहाललाई पछि पारे ।





























प्रतिक्रिया